२०८२ फाल्गुन २२ , शुक्रवार

सुनचाँदीको मुल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Gold Silver

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटेको छ । आइतबार प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको सुन आज सोमबार ३ हजार रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ लाख २ हजार ८ सय रुपैयाँ कायम छ ।

आइतबार सुन तोलामा ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा १ सय २५ रुपैयाँले घटेर ४ हजार ८ सय ६० रुपैयाँ कायम छ ।

हिजो आइतबार चाँदी ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।