
सुनाखरी न्युज/काठमाडौं ।
चालु वर्षको आधा बर्षमा १० मन्त्रालयले पुँजीगततर्फ १० प्रतिशत पनि खर्च गर्न सकेका छैनन् ।
सबैभन्दा कम खर्च गर्नेमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय देखिएको छ । यस मन्त्रालयका लागि पुँजीगततर्फ ४२ करोड २२ लाख रुपैयाँ विनियोजन गरिएकामा ६ महिनामा ८९ लाख मात्र खर्च भएको छ । यो २।११ प्रतिशत मात्र खर्च हो ।
सबैभन्दा कम खर्च गर्नेमा सहरी विकास मन्त्रालय पनि पर्छ । यस मन्त्रालयका लागि पुँजीगततर्फ ८८ अर्ब ४८ करोड ७३ लाख रुपैयाँ विनियोजन भएको थियो । तर अहिलेसम्म ५ अर्ब ७ करोड १९ लाख रुपैयाँ खर्च भएको छ । मन्त्रालयले ५.७३ प्रतिशत मात्र पुँजीगत खर्चिएको छ ।
१० प्रतिशत पनि खर्च गर्न नसक्ने अन्य मन्त्रालयमा वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य तथा आपूर्ति, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, युवा तथा खेलकुद, रक्षा, कृषि तथा पशुपन्छी विकास र सञ्चार तथा सूचना प्रविधि छन् ।