२०८२ फाल्गुन २२ , शुक्रवार

सुनको मुल्य तोलामा ३ हजार घट्यो, कतिमा हुँदैछ कारोबार ?

Gold Silver

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली बजारमा सुनको भाउ तोलामा ३ हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुनको भाउ ३ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

 

महासंघका अनुसार हिजो बिहीबार सुन तोलाको ३ लाख ६ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसअघि बुधबार ३ लाख ६ हजार ६ सय, मंगलबार ३ लाख ५ हजार ५ सय र सोमबार ३ लाख ४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि घटेर तोलाको ५ हजार मा झरेको छ ।