२०८२ फाल्गुन २२ , शुक्रवार

कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

rashifal_Ruv1zhhWua

सुनाखरी न्युज/ काठमाडौं ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,)बिहानको समय मध्यम रहेकोले मुद्दा मामिला तथा यस्तै विषयमा सामेल भए हारिने सम्भावना रहेको छ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । मध्यान्हबाट आफन्त तथा सबैको सहयोग पाइने हुनाले नयाँ काम गर्ने जोस जाँगर बढेर जानेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै दाम्पत्य जीवन खुसी रहनेछ ।
  • वृष (,,,,वा,वी,वू,वे,वोबिहानको समय राम्रो रहेकोले पढाइ लेखाइमा अरुदिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ ठाउँमा नयाँ नियुक्ति तथा काम गरिरहेको ठाउँमा बढोत्तरी हुने योग रहेको छ ।
  • मिथुन (का,की,कू,,,,के,को,हाप्रेमको बन्धन कसिलो हुने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यवसाय वा शेयर बजारबाट थोरै भए पनि धन आर्जन गर्न सकिने तथा व्यापार विस्तारको सवालमा यात्राको तय हुनेछ । इष्टमित्र तथा सहयोगीले साथ दिने हुँदा दैनिकी सहज रूपमा बित्नेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डोव्यापार व्यवसायबाट आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरू स्वतः ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईँको काममा सहयोग हुनेछ । पढाइ लेखाइमा अरूभन्दा अग्र पंतिमा तपाईँको नाम आउनेछ ।
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टेबिहानको समय मध्यम रहेकोले सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महसुस हुनेछ । प्रतिस्पर्धीहरूको अवरोधले फाइदाको सम्भावना टरेर जानेछ । मध्यान्हबाट समय राम्रो रहेकोले व्यापार वा शेयर बजारबाट मनग्गे लाभ हुनेछ ।
  • कन्या (टो,पा,पी,पू,,,,पे,पोबिहानको समय राम्रो रहेकोले पारिवारिक माहौलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट असजिलो परिस्थितिमा साथ दिनेहरू कमै भेटिनेछन् ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)दाजुभाइ तथा छिमेकीहरू सँगको सम्बन्धमा सुधार भएर जानेछ । पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । उद्योगमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । पढाइ लेखाइमा सोचेजस्तै प्रगति हुने हुनाले एक कदम अगाडी नतिजा हात पार्न सकिनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यूव्यापारबाट भनेजस्तो आम्दानी हुनेछ । सर सापटी दिइएका रुपैयाँ पैसा उठ्ने तथा आफन्तको सहयोगले उपलब्धिमूलक काम गर्न सकिनेछ । बोलीकै भरमा राम्रा तथा प्रतिष्ठित काम गर्न सकिनेछ । परिवारका साथमा यात्रा गर्न सकिने तथा मिष्ठान्न भोजनको ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,,फा,ढा,भे)बिहानको समयमा लामो दुरीको यात्रा तथा विदेशसँग सम्बन्धित कामहरू हुनेछन् । विदेशी  सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले सामाजिक काम गरी नाम कमाउन सकिनेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,,खी,खू,खे,खो,गा,गीबिहानको समयमा पढाइ लेखाइमा सुधार हुने हुनाले अरू भन्दा अगाडी बढ्न सकिनेछ । इच्छा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ । रोकिएका कामहरू बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)बैकिङ तथा शेयर बजारमा गरिएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रणय सम्बन्धका रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । दाजुभाइको सहयोगले भौतिक सम्पत्ति तथा सवारी साधन जोड्न सकिनेछ ।
  • मीन (दी,दू,,,,दे,दो,चा,चीव्यापार व्यवसायमा लगानी गरी मनग्गे लाभ लिन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुनाले गुरु वर्ग तथा आफन्त खुसी हुनेछन् । माया प्रेममा सामिप्यता बढ्नेछ ।