
सुनाखरी न्युज / काठमाडौं।
प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको संस्थापक शेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको १ लाख ५५ हजार ८०० कित्ता शेयर बिक्रीमा राखिएको हो।
हाललाई यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।
तोकिएको समयावधिभित्र कम्पनीका संस्थापक सेयरधनीबाट सो सेयर खरीदका लागि निवेदन प्राप्त नभएमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्नका लागि प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ ।