
सुनाखरी न्युज / काठमाडौं।
फागुन २१ म हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै ६ दिनसम्म सार्वजनिक बिदा दिन बझाङको साइपाल गाउँपालिकाका युवाहरूले माग गरेका छन् ।
साइपालका युवाहरुले निर्वाचनलाई ध्यानमा राख्दै ६ दिन सार्वजनिक बिदा दिनुपर्ने मागसहित इमेलमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र पठाएका छन् ।
ज्ञापनपत्रअनुसार, फागुन १८ पहाडी क्षेत्रमा होली र १९ तराई क्षेत्रमा होली परेकोले यी दुवै दिन बिदा दिनुपर्ने, २० गते निर्वाचनको अघिल्लो दिन भएकाले बिदा दिनुपर्ने, २१ गते निर्वाचनको दिन बिदा हुने, २२ गते गन्तव्य फर्किन समय दिनुपर्ने, र २३ गते शनिवार परेकोले पनि बिदा दिनुपर्ने माग गरिएको छ ।