२०८२ फाल्गुन २२ , शुक्रवार

जस्मिन पेन्ट्सले ५ लाख कित्ता सेयर निष्कासन गर्दै

image-110

 

सुनाखरी न्युज /  काठमाडौं।

जस्मिन पेन्ट्स लिमिटेडले साधारण सेयर सर्वसाधारणमा जारी गर्नका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ ।

सम्झौतामा जस्मिन पेन्ट्सका तर्फबाट कार्यकारी अध्यक्ष लक्ष्मण प्रसाद अर्याल र सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भीष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

जस्मिन पेन्ट्सले प्रति शेयर अङ्कित मूल्य रु.१००र– दरका ५,००,००० कित्ताले हुन आउने पाँच करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्न लागेको छ ।