
सुनाखरी न्युज/ काडमाडौं ।
वीरगन्जको पर्सामा सशस्त्र र तस्कर समूहबीच झडप भएको छ।
वीरगन्ज महानगरपालिका-१० स्थित एउटा गोदाममा छापा मार्ने क्रममा तस्कर समूहले आक्रमण गरेको सशस्त्रका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
घटनाम तीन सशस्त्र प्रहरी घाइते भएका छन्।
डिएसपी थापाका अनुसार सोमबार वीरगन्जको आदर्शनगरस्थित मदन प्रसाद गुप्ताको घरमा अवैध रूपले गोदाम गरेर राखिएको कपडा बरामद गर्नेका लागि सशस्त्र प्रहरी बल नेपाल नं। १३ गण पर्सा, सीमा सुरक्षा गुल्म वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोली खटिएको थियो।
गोदामबाट ७ लाखभन्दा बढी मूल्यका कपडा बरामद गरिएको उनले बताए।
बरामद सामान सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको डिएसपी थापाले जानकारी दिए।