२०८२ फाल्गुन २२ , शुक्रवार

सुनचाँदीको भाउ आज पनि बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Gold Silver

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली बजारमा सोमबार पनि सुनको भाउ बढेको छ । आइतबार तोलामा ९ हजार ५ सय रुपैयाँले बढेको सुन आज ४ हजार १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको भाउ तोलामा ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

हिजो आइतबार सुनको भाउ तोलामा ३ लाख ५ सय रुपैयाँ थियो ।

 

 

त्यसैगरी आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा २ सय ४० रुपैयाँले बढेर प्रतितोला ५ हजार २ सय ५० रुपैयाँ कायम छ ।

हिजो आइतबार भने चाँदी तोलामा ५ हजार १० रुपैयाँमा किनबेच भएको थियो ।