
सुनाखरी न्युज/ काठमाडौं ।
जस्मिन पेन्ट्सको उपभोक्ता योजना ” चाडपर्वको उमङ्ग, जापान घुमौँ , जस्मिन पेन्ट्ससँग ” को विजेतालाई जापान भ्रमणको टिकट हस्तान्तरण गरिएको छ। ब्रान्ड एम्बेसडर पारस खड्काको उपस्थितिमा गरिएको लक्की ड्र मार्फत कौशिलानगर, कोहलपुरकी देवी बुढा
विजेता छनौट हुनुभएको थियो। बाँकेको कोहलपुरस्थित एस . के. ट्रेडर्स एण्ड सप्लायर्समा आयोजित कार्यक्रममा कम्पनीका निर्देशक सौगात अर्याल र कन्ट्री म्यानेजर डिल्लीराम पौडेलले विजेता बुढालाई आधिकारिक रूपमा जापान भ्रमणको टिकट हस्तान्तरण गर्नुभयो।
विगत ३२ वर्षदेखि गुणस्तरीय रङ्ग उत्पादन गर्दै आएको नेपालको नम्बर १ नेपाली पेन्ट्स, जस्मिन पेन्ट्सले आफ्ना ग्राहकहरुलाई पुरस्कृत गर्ने क्रममा यस योजना ल्याएको थियो र नेपाली मनको रङ्ग भन्ने स्लोगनका साथ अगाडि बढेको कम्पनीले आगामी दिनहरुमा पनि गुणस्तरीय उत्पादनहरु नेपालभरीका ग्राहकहरुलाई रङ्ग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछ।