२०८२ फाल्गुन २२ , शुक्रवार

विश्वकपमा नेपालका खेलहरु पोखरा लेकसाइडमा निस्शुल्क ठूलो स्क्रिनमा लाइभ देखाइने

nepal vs england

 

सुनाखरी न्युज/ काठमाडौं ।
आइसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत नेपालका खेलहरु पोखरा लेकसाइडमा ठूलो स्क्रिनमा लाइभ देखाइने भएको छ । प्रचार नेपालको व्यवस्थापनमा एक्ट्रिम इनर्जी ड्रिक्सले पोखरा लेकसाइड हल्लनचोकस्थित क्याम्पिङ ग्राउण्डमा नेपालका खेल लाइभ देखाउन लागेको हो । जसलाई पोखरा इन्टरनेटले सहयोग गरेको छ ।

ठूलो साउण्डसहित ठूलो स्क्रिनमा लाइभ देखाउन लागिएको आयोजकले जनाएको छ । समूह ‘सी’ मा रहेको नेपालले पहिलो खेल आगामी आइतबार इंग्ल्याण्डसँग खेल्नेछ । दोस्रो खेल फेब्रुअरी १२ मा इटाली, तेस्रो खेल फेब्रुअरी १५ मा वेष्ट इन्डिज र चौथो खेल फेब्रुअरी १७ मा स्कटल्याण्डसँग खेल्नेछ ।