
सुनाखरी न्युज/ काठमाडौं ।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले प्रेमको उत्सव ‘भ्यालेन्टाइन डे’ लाई लक्षित गर्दै आफ्नो चर्चित विद्युतीय कार टियागो इभीमा विशेष अफर सार्वजनिक गरेको छ।
‘द पर्फेक्ट म्याच’ थिममा आधारित यस योजना अन्तर्गत ग्राहकहरू टियागो इभी आकर्षक मूल्यमा खरिद गर्न सक्नेछन्।कम्पनीका अनुसार यसअघि २७।४९ लाख रुपैयाँ बजार मूल्य रहेको टियागो इभीलाई भ्यालेन्टाइन डे अफर अन्तर्गत सीमित अवधिका लागि मात्र २४. ९९ लाख रुपैयाँ कायम गरेको छ । यो सबै नयाँ टियागो इभिमा लागु हुनेछ ।
नयाँ प्रविधि र आधुनिक जीवनशैली सुहाउँदो सवारी साधन रोज्न चाहने ग्राहकहरूका लागि यो योजना एउटा उत्कृष्ट अवसर हुने कम्पनीको विश्वास छ । सिप्रदीका अनुसार यो विशेष मूल्य आगामी फेब्रुअरी १४ सम्म मात्र लागू हुनेछ । इच्छुले नेपालभर रहेका टाटा मोटर्सका शोरुमहरूमा गई यस अफरको लाभ लिन सकिने कम्पनीले जनाएको छ ।