२०८२ फाल्गुन २२ , शुक्रवार

सुपरमाई हाइड्रोपावरको २० प्रतिशत लाभांश घोषणा, शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

Add-a-heading-30

सुनाखरी न्युज/ काठमाडौं ।

सुपरमाई हाइड्रोपावर लिमिटेडको माघ २० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश र हकप्रद शेयर घोषणा गरेको छ। बैठकले हाल कायम चुक्ता पूँजी ५३. ५० करोडको २० प्रतिशत बोनस शेयर (कर बाहेक)  र कर तिर्नका लागि मात्रै ५९ लाख २७ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

त्यसैगरी सोही बैठकले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय पनि गरेको छ।

यो लाभांश प्रस्ताव विद्युत नियमन आयोगबाट स्वीकृत भई कम्पनीको अब बस्ने वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।