२०८२ फाल्गुन २२ , शुक्रवार

स्वास्थ्य बीमा समस्यामा प्रधानमन्त्री कार्कीको चासो, छलफल गर्न बोलाइन् बैठक

Sushila-KArki-1-560×280

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीले  स्वास्थ्य बीमाको समस्याका विषयमा चासो राखेकी छन् ।

कार्कीले स्वास्थ्य बीमाका विषयमा छलफल गर्न बुधबार सरोकारवाला पक्षहरूको बैठक बोलाएकी हुन् ।

 

बैठक आज दिउँसो साढे १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

रकम अभावमा सबै बिरामीले स्वास्थ्य बीमाको सुविधा पाउन सकेका छैनन् । नेपालका ठूला अस्पतालहरुले सूचना नै निकालेर बीमा सेवा दिन नसक्ने जनाएका छन् ।

 

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले बीमा बोर्डले अस्पताललाई ४० करोड भुक्तानी दिन बाँकी रहेकाले स्वास्थ्य बीमा सेवा दिन नसक्ने भन्दै सूचना जारी गरेको थियो ।