
सुनाखरी न्युज/ काठमाडौं ।
१। के राति दही खान हुन्छ ?
यथार्थ : राति दही खान नहुने कुनै नियम छैन। रातिको खाना ( डिनर ) मा दही खानु सुरक्षित हुन्छ र यो पाचनका लागि पनि राम्रो मानिन्छ।
२। के खानासँग दही खानु हुँदैन ?
यथार्थ : नेपाली खानामा दही पनि साथमै पस्किने चलन छ। खानासँग दही खाँदा यसले रगतमा सुगरको मात्रा एक्कासि बढ्न दिँदैन र शरीरले पोषक तत्वहरू राम्रोसँग लिन मद्दत गर्छ।
३। के दही खाँदा तौल बढ्छ ?
यथार्थ : दहीले तौल बढाउँछ भन्नु ठूलो भ्रम हो। यसमा प्रोटिन र प्रोबायोटिक्स प्रशस्त हुन्छ, जसले पेट लामो समयसम्म भरिएको महसुस गराउँछ र मेटाबोलिजमलाई सहयोग गर्छ। त्यसैले दहीले तौल घटाउन मद्दत गर्छ।
४. के दही खाँदा रुघा लाग्छ ?
यथार्थ : दही खाँदा कफ बन्दैन र यसले श्वासप्रश्वास सम्बन्धी कुनै संक्रमण पनि गराउँदैन। दही खाँदा रुघा लाग्छ भन्ने कुराको कुनै वैज्ञानिक आधार छैन।
अपवाद : यदि कसैलाई दहीसँग संवेदनशीलता छ भने मात्र असहज हुन सक्छ।
५। पाचनका लागि कस्तो हुन्छ ?
यथार्थ : ताजा दही पाचनका लागि एकदमै राम्रो हुन्छ। यसले आन्द्राको स्वास्थ्य राम्रो बनाउँछ।
सावधानी : धेरै अमिलो वा बासी दही धेरै खाएमा भने पाचनमा समस्या भएकाहरूलाई गाह्रो हुन सक्छ।
६। के मधुमेह का बिरामीले दही खान मिल्छ ?
यथार्थ : चिनी नराखेको सादा दहीको ग्लाइसेमिक इन्डेक्स कम हुन्छ। यसले इन्सुलिन सेन्सिटिभिटीलाई राम्रो बनाउन मद्दत गर्छ।