२०८२ फाल्गुन २३ , शनिवार

दक्षिण कोरिया जान प्रतिक्षारत व्यक्तिहरुको मागप्रति मन्त्रालय गम्भीर

shram-mantralaya_PrWRihiPHm

दक्षिण कोरिया जान प्रतिक्षारतका मागबारे सरकार गम्भीर, उच्चस्तरीय टोली पठाइँदै
सुनाखरी न्युज/ काठमाडौ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न मागहरु राखी दक्षिण कोरिया जान प्रतिक्षारत व्यक्तिहरुको मागप्रति मन्त्रालय गम्भीर एवं संवेदनशील रहेको जनाएको छ ।

एक प्रेस विज्ञप्ति जारी गर्दै आइतबार  मन्त्रालयले नेपाल सरकारका तर्फबाट समस्याहरु समाधानका लागि पहल एवं प्रगति भइरहेबारे जानकारी समेत गराएको छ।

मागकर्ताहरुले राखेका मागका विषयमा वार्ता समिति समेत गठन गरी ई। पि। एस। कोरिया शाखाले नियमितजसो मन्त्रालय, विभाग, भ्एक् ऋभलतभच ल्भउब ि९ज्च्म् प्यचभब ल्भउब०ि, मागरत पक्ष, नेपाली राजदूतावास, सिओल र कोरियाको (मानव संसाधन विकास केन्द्र) सँग अनलाइन मार्फत समस्या सामाधानको पहलका लागि निरन्तर पत्राचार, बैठक, संवाद एवं छलफल गरिरहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

सरकारले मागकर्ताको माग सम्बोधनका सम्बन्धमा कोरिया सरकारका सम्बन्धित निकायसँग छलफल भइरहेको समेत बताएको हो ।

मन्त्रालयबाट समस्या समाधानको पहल भइरहेकोले दक्षिण कोरियासँगको सुमधुर सम्बन्धमा प्रतिकूल असर पर्न सक्ने कुनै पनि गितिविधि नर्गन आग्रह गरिएको छ ।