२०८२ फाल्गुन २२ , शुक्रवार

आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

rashifal-horoscope-ratopati_vzMkZlCnIH

सुनाखरी न्युज/ काठमाडौं ।

मेष ( चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा शैक्षिक क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ । व्यापार, औद्योगिक क्षेत्र तथा शेयर बजारमा गरेको लगानीबाट आर्थिक रूपमा सम्पन्न हुन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ ।

वृष ( ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)  पढाइ लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकीहरू माझ राम्रो काम गरी प्रसिद्धि कमाउन सकिनेछ । राजनीतिक तथा सामाजिक सम्बन्धहरू सुदृढ भएर जानेछ । दाजुभाइ तथा बन्धुबान्धबको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ ।
मिथुन ( का,की,कू,घ,ङ,छ,के,को,हा)  सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । मन पर्ने भोजन, उत्तम वस्त्र तथा बिलासी वस्तुको प्रयोग गर्न पाइने हुनाले मन प्रसन्न रहनेछ । लामो समयदेखि भेटघाट नभएका मित्रहरू भेटिने योग रहेको छ । राजनीतिक तथा धार्मिक यात्राको प्रबल सम्भावना रहेको छ ।

कर्कट ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो)  आत्मविश्वास बढ्ने हुनाले गाह्रो कामहरू पनि सहजै सम्पादन गर्न सकिनेछ । व्यवसाय फस्टाएर जानेछ भने व्यापार तथा शेयर बजारमा लगानी बढाउँदा भनेजस्तो आम्दानी हुनेछ । नीति नियम तथा कानुन अनुसार हुने फैसला तपाईँकै पक्षमा हुनेछन् । पढाइ लेखाइ तथा प्रतिस्पर्धामा तपाईँकै नाम अग्र स्थानमा आउनेछ ।
सिंह ( मा,मी,मू,मे,मो,टा,टी,टू,टे)  आफन्त तथा साथीभाइको सल्लाह मानेर अगाडी बढ्दा गन्तव्य पहिल्याउन सहज हुनेछ । विदेशी सामानको व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा लामो दुरीको यात्रा हुनेछ । माया प्रेममा नजिक हुने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)  नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । सरकारी सम्पत्ति तथा पैतृक सम्पत्ति हात लागी हुने प्रशस्त सम्भावना रहेको छ । दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । बौद्धिकता प्रयोग गरी समाजमा राम्रा काम गरेर देखाउन सकिनेछ ।

तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते)  तारिफयोग्य काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । पैतृक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ भने कृषि पशुपालन व्यवसाय फस्टाएर जानेछ । शेयर बजार तथा व्यापारमा लगानी गरी नाफा कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाइने हुनाले पद प्राप्तिको योग रहेको छ ।
वृश्चिक( तो,ना,नी,नू,ने,नो,या,यी,यू)  सामाजिक काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जाने तथा आफन्तहरूलाई खुसी पार्न सकिनेछ । आफ्नो रीतिरिवाज जोगाउने काममा समय खर्च हुनेछ भने तीर्थ यात्राको प्रशस्त सम्भावना रहेको छ ।
धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  नसोचेको धन तथा सम्पत्ति प्राप्तिको योग रहेको छ । आफन्त तथा दिदी बहिनीको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । व्यापार तथा शेयर बजारमा उल्लेख्य वृद्धि हुनेछ ।

मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)  व्यावसायिक तथा मनोरञ्जनात्मक यात्रा हुनेछ । व्यापार तथा शेयर बजारको लगानी फस्टाएर जाने हुनाले आर्थिक रूपमा सम्पन्न हुने समय रहेको छ । पढाइ लेखाइमा अरुदिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।
कुम्भ ( गू,गे,गो,सा,सी,सू,से,सो,दा)  पुराना विवादहरू साम्य हुनेछन् भने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुनेछन् । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा तपाईँको हातमा पर्नेछ । माया प्रेमका कोपिलाहरू फक्रनेछन् भने पति पत्नीको सहयोगले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ ।
मीन ( दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)  व्यापार, उद्योग तथा शेयर बजारमा लगानी गरी सोचेजस्तो आम्दानी गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मीय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जाँगर आउनेछ ।