२०८२ फाल्गुन २२ , शुक्रवार

धनकुटामा बस दुर्घटना, ६ जना घाइते

accident-

सुनाखरी न्युज/ काठमाडौं ।

धनकुटामा बस दुर्घटना हुंदा ६ जना घाइते भएका छन् ।आज दिनको करिब ११ : ४५ बजे धनकुटा नगरुाविका १ हिले त्रिशुले स्थित कोशी लोगमार्ग सडक खण्डमा तेह्रथुमबाट धरानतर्फ जादै गरेको को १ ख ५१०५ नं.को मनिषा ट्राभल्स बस आफै अनियन्त्रीत भई सडक छेउमा पल्टि दुर्घटना भएको हो ।

घाइतेहरुमा तेह्रथुमको लालीगुँरास नपा २ बस्ने बर्ष ५३ को रेवान्त कुमार कामी ,छथर गापा ४ बस्ने बर्ष २३ को रबिन लिम्बु,बर्ष २२ को राज लिम्बु ,धनकुटा छथरजोरपाटी गापा ५ बस्ने बर्ष २८ कुमुना रुचाल,निजको छोरी बर्ष ५ कि निक्खि रुचाल र धरान उपमनपा ५ बस्ने बर्ष ४७ कि चन्द्रकला लिम्बु रहेका छन् ।

बसमा अन्दाजी १५ जना सवार रहेकोमा ६ जना घाईते भई तत्काल उपचारको लागि धनकुटा नपा १ हिले उज्यालो सामुदायिक पोलिकिल्लिनिकमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए ।बस चालक सुनसरीको धरान उपमनपा ७ बस्ने बर्ष ४५को विष्णु थापा हिले प्रहरी चौकीको नियन्त्रणमा रहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।