२०८३ भदौ २१ , आइतवार

मूलपानीबाट गोलीमा हानेर समातिएका १० लुटेरालाई प्रहरीले गर्‍यो सार्वजनिक

10-lutera-1024×595

सुनाखरी न्युज/ काठमाडौँ ।

काठमाडौंको मूलपानीमा गोली हानेर समातिएका १० लुटेराहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।सूची अनुसार पक्राउ परेका अधिकांश व्यक्तिको आपराधिक पृष्ठभूमि रहेको छ। पक्राउ पर्नेहरूमा काभ्रेको भुम्लु गाउँपालिका–३ घर भएका २३ वर्षीय विनय तामाङ, सिन्धुली मरिण गाउँपालिका–५ का २४ वर्षीय आयन माझी, मरिण ७ का ३२ वर्षीय सविन माझी, खोटाङ ज्वलेर्समा काम गर्ने मोरङ पथरीका २३ वर्षीय मनिस रमाइली, काभ्रेको चौरी देउरालीका १ का २९ वर्षीय पेमा तामाङ, चौरी देउराली १ कै २० वर्षीय सलोन तामाङ, काभ्रेको भुम्लु १ का १८ वर्षीय राजिब भण्डारी, रामेछापको दोरम्भा ८ का ३२ वर्षीय बिशाल तामाङ, खोटाङ घर भएका सुनचाँदी कालिगढ २८ वर्षीय बिदुर विश्वकर्मा र सिन्धुपाल्चोकको लिसंखुपाखर ३ का २९ वर्षीय फुर्वा तामाङ छन् ।

यो समूहले रातिको समयमा एक्लै हिँडेका व्यक्तिहरुलाई लुटपाट गर्ने गरेको प्रहरीले जनाएको छ । उक्त समूह जेनजी आन्दोलनपछि बनेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । काठमाडौंका एसएसपी रमेश थापाका अनुसार उनीहरुमध्ये अधिकांश जेनजी आन्दोलनका क्रममा प्रहरी हिरासतबाट भागेका थुनुवा हुन् ।पक्राउ परेका सवै आपराधिक पृष्ठभूमिका रहेको र दिनको समयमा ट्याक्सि चलाउने र राती लुटपाटमा संलग्न हुने गरेको एसएसपी थापाले जानकारी दिए । पक्राउ परेका गिरोहहरु जनेजी आन्दोलनपछि लुटपाटमा सक्रिय रहेका देखिएको उनले बताए ।

पक्राउ परेका व्यक्तिहरुबाट लुटपाटमा प्रयोग गरिएका एउटा निजि कार, एउटा ट्याक्सी र ६ वटा मोटरसाइकल समेत बरामद गरेको छ ।लुटपाटमा संलग्न मध्ये सिन्धुलीका माझी लुटपाटमा मोटरसाइकल चालक, पछाडि बस्ने, प्राइभेट गाडी- बा १२ च७७०१ं मा रेकि गर्ने र रातमा लुटपाट गर्ने गरेको पाइएको छ । विभिन्न प्रहरी कार्यालयमा २२ वटा चोरी तथा लुटपाटको उजुरी परेको छ । हालसम्म २७ जना पीडित प्रहरीको सम्पर्ककामा आएका छन् । हालसम्म ४ वटा जाहेरी परेको एसएसपी थापाले बताए ।