२०८२ फाल्गुन २२ , शुक्रवार

टिकटकमा लोकप्रिय ‘मायाको गाउँ’ को गीत सार्वजनिक

12.jpg-927×1200

सुनाखरी न्युज / काठमाडौँ ।

फिल्म ‘मायाको गाउँ’ मा समावेश गीत ‘सबले भन्छन् जिन्दगी त‘’ युट्युबमा रिलिज भएको छ । अर्जुन पोखरेलको संगीतमा सिर्जित गीतमा ‘भ्वाइस अफ नेपाल’ विजेता प्रोसेस पाण्डेको स्वर छ । अनिल खनालको शब्द रहेको गीतको भिडियोमा त्रिविक्रमसिंह राणा, ओसिन भट्टराई, राजु गिरी, नारायण पराजुली, विनयराज पौडेललगायतका कलाकारको अभिनय छ ।पछिल्लो समय टिकटकमा छाइरहेको रहेको यो गीतको भिडियो सोमबार साइराम पिक्चर्समार्फत दर्शकमाझ ल्याएको हो ।

राजु गिरीले कोरियोग्राफी गरेको गीतमा प्रेम सम्बन्ध,धोका र पीडाको भाव प्रस्तुत गरिएको छ । प्रेमकथानक ‘मायाको गाउँ’ मा त्रिबिक्रम सिंह राणा,शीतल केसी,नारायण पराजुली,ओसिन भट्टराई,सरु कार्की,अम्बिका थापा,लक्ष्मीनाथ तिमिल्सिना,रमेश अधिकारी,माधवा खनाल,किमजोङ बोस,हरिबहादुर घर्ती मगर,रितिका मगर,कृष्ण गदाललगायतका कलाकारले अभिनय गरेका छन् । कमला पराजुली निर्माता रहेको चलचित्रको निर्देशन कमला फिल्मस् टिमको छ ।

रामेश्वर हुमागाइँले खिचेको चलचित्रको सम्पादन श्याम रानाले गरेका हुन् । बिनोद बमको पब्लिसिटी डिजाइन तथा पेन सिजर्स एण्ड रेन्डर्सका गौतमराज खड्काले कलर ग्रेडिङ्ग गरेको चलचित्रको मुख्य सहायक निर्देशकमा सुचेन्द्र परियार छन् । चलचित्र ०८३ सालको सुरुवातीमा दर्शकमाझ ल्याउने तयारी गरिएको निर्मात्री पराजुलीले जानकारी दिएकी छिन् ।