२०८२ फाल्गुन २२ , शुक्रवार

६१ जिल्लामा निर्वाचन प्रहरी छानिए, भोलिबाट तालिम

myadi_8_gDwOfY2dKp

सुनाखरी न्युज/ काठमाडौं ।

फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि ६१ जिल्लामा निर्वाचन प्रहरी छनोट गरिएको छ। यसका लागि २ लाख ११ हजारभन्दा बढीले आवेदन दिएका थिए।

प्रहरीका अनुसार अपुग दरखास्त परेका १६ जिल्लामा छनोट प्रक्रिया जारी छ। छनोट भएका निर्वाचन प्रहरीलाई माघ १५ देखि १० दिने तालिम दिएर माघ २५ देखि फिल्डमा परिचालन गरिनेछ।

यसपटक प्रहरीले १ लाख ३३ हजारभन्दा बढी निर्वाचन प्रहरी परिचालन गर्ने तयारी गरेको छ।यसपटकको निर्वाचनमा प्रहरीले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी गर्दैछ । त्यसका लागि अर्थ मन्त्रालयले प्रहरीलाई ७ अर्ब १३ करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चित गरेको छ ।