२०८२ फाल्गुन २२ , शुक्रवार

आज एकैदिन ९ हजार ५ सयले बढ्यो सुनको मूल्य

gold-1

 

सुनाखरी न्युज/ काठमाडौं ।

एकैदिन आज सुनको मूल्य तोलामा ९ हजार ५ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधवार तोलामा छापावाल सुनको मूल्य ३ लाख १८ हजार ८ सय रुपैयाँ तोकेको हो । मंगलवार एक तोला सुनको मूल्य ३ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य ७ हजार ३ सय रुपैयाँ तोकिएको छ । मंगलवार एक तोला चाँदी ६ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदी महँगिनुको कारण अमेरिकाले निम्त्याएको विश्वव्यापी तनाव रहेको व्यवसायीहरूले बताउँदै आएका छन् ।