२०८२ फाल्गुन २२ , शुक्रवार

सचिव पौडेलले पाइन् बीमा प्राधिकरण सञ्चालक समिति अध्यक्षको जिम्मेवारी

21cbffed-abd6-4ddd-b1dd-6aabd006c410-r3vqmkyb3r-1536×864

 

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष बनाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी दिएको हो । प्रधानमन्त्री सुशीला कार्कीका प्रेस सल्लाहकार राम रावलले अध्यक्षको जिम्मेवारी पौडेलले पाएको जानकारी दिए ।