
सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीले निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्गको निरीक्षण गरेकी छन्। उनले आज बिहान नेपाली सेनाका अधिकारी र उच्चपदस्थ कर्मचारीहरूको टोलीसहित द्रुतमार्ग निरीक्षण गरेकी हुन्।सो क्रममा उनले कामको प्रगतिबारे जानकारी लिँदै छिटो काम सम्पन्न गर्न निर्देशन दिएकी थिइन् ।
त्यसका लागि आवश्यक सहयोग सरकारले गर्ने उनको भनाइ थियो ।निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीसँग परराष्ट्रमन्त्री बालनन्द शर्मा समेत सहभागी छन् । उनीहरूले द्रुतमार्ग निर्माणको प्रगति, गुणस्तर तथा समयसीमाबारे जानकारी लिएको बताइएको छ ।
सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काठमाडौं–तराई द्रुतमार्गलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइरहेको जनाएको छ ।काठमाडौं उपत्यकालाई बाराको निजगढसँग जोड्ने छोटो दुरीको यो मार्गलाई रणनीतिक दृष्टिकोणले निकै महत्त्वपूर्ण मानिन्छ ।करिब ७१ किलोमिटर लामो यो द्रुतमार्गको निर्माण नेपाली सेनाको व्यवस्थापन र निगरानीमा भइरहेको छ ।