
सुनाखरी न्युज/ काठमाडौं ।
डडेलधुराको अमरगढी नगरपालिका–४ मा सरिता गिरी मृत फेला परेको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय डडेलधुराका सवारी चालक यज्ञ साउद रहेका छन्।
मृतक गिरीले मृत्युवरण गर्नुअघि सामाजिक सञ्जालमा साउदसँगको सम्बन्ध झल्कने सामग्री राखेको र सोही आधारमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ।
मृतकका श्रीमान् वैदेशिक रोजगारीमा छन्।