
सुनाखरी न्युज/ काठमाडौं ।
मेष ( चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । माया प्रेममा अविश्वास बढ्ने तथा परिवारका अग्रज व्यक्तित्वसँग राय बाझिनेछ । तर पनि विदेशी सामानको व्यापार व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।
वृष ( ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफूले माया गर्ने मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । परिवारका आवश्यकताहरू पूरा गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ । साथीभाइसँग रमाइलो भेटघाट हुने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
मिथुन ( का,की,कू,घ,ङ,छ,के,को,हा ) व्यापार तथा औद्योगिक क्षेत्रको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । इमानदारिता तथा लगनशीलताको उच्च मूल्याङ्कन हुनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा हात पार्न सकिनेछ ।
कर्कट ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो ) समय राम्रो रहेकोले व्यापारबाट मनग्गे धन आर्जन हुनेछ । सानो प्रयत्नले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा हुने प्रशस्त सम्भावना रहेको छ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । पुराना मित्रसँग भेट हुने तथा मनोरञ्जन र खानपानमा समय व्यातित हुनेछ ।
सिंह ( मा,मी,मू,मे,मो,टा,टी,टू,टे ) खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । भौतिक सम्पत्ति तथा औजारको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । आफन्त तथा दिदी बहिनीसँग मनमुटाब बढ्नेछ । खर्च बढ्नाले दैनिकी प्रभावित हुनेछ ।
कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो ) व्यापार भावमा गोचर गर्ने चन्द्रमाले व्यापार तथा औद्योगिक क्षेत्रमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा राज्यको नजिक बसेर काम गर्नेहरूका लागी समय उत्तम रहेको छ । अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ ।
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते ) प्रतिस्पर्धामा विजयको योग रहेको छ भने तपाईँको कुरा काट्ने तथा ईर्ष्या गर्नेहरू हार खानेछन् । पुराना ऋण तथा रोगहरूलाई किनारा लगाउँदै परिणाममुखी काम गर्न सकिनेछ । अध्ययन अध्यापनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ ।
वृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू ) लामो समयदेखि थाती रहेको काम बन्नेछ भने विभिन्न अवसरको सदुपयोग गरी मनग्गे धन तथा सम्पत्ति सङ्ग्रह गर्न सकिनेछ । आर्थिक मुद्दाहरू हल भएर जानेछन् भने मित्रहरूको सहयोग रहनाले समयमा कामहरू बन्नेछन् । भौतिक सम्पत्ति तथा बिलासी वस्तुको प्रयोग गर्न पाइने हुँदा मन प्रफुल्ल हुनेछ ।
धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ) माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाब उत्पन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गरे पनि पद प्रतिष्ठा नपाइने हुनाले मन खिन्न हुनेछ । व्यापार व्यवसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेछ ।
मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी ) छोटो तथा रमाइलो यात्राको तय हुनेछ भने यात्राका क्रममा रमाइला तथा मन मिल्ने साथीभाइहरू भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमूलक विषयमा मन जानेछ ।आम्दानी बढाउन गरिने कामहरू समयमा नै सम्पन्न गरी आर्थिक स्थिति मजबुत पार्न सकिनेछ ।
कुम्भ ( गू,गे,गो,सा,सी,सू,से,सो,दा ) व्यापार बढ्नुको साथै आम्दानीमा बढोत्तरीको योग रहेको छ । खाद्यान्न, बिलासी सामान तथा निर्माण सामाग्रीको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नुको साथै रमाइलो वातावरण समय व्यातित गर्न सकिनेछ ।
मीन( दी,दू,थ,झ,ञ,दे,दो,चा,ची ) व्यापार व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्था निकै राम्रो हुनेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। पारिवारिक जमघटमा मन रमाउनेछ।