२०८२ फाल्गुन २२ , शुक्रवार

के तपाईंलाई ढाड दुखिरहन्छ ? कसरी ठिक गर्ने ?

OIP (1)

 

सुनाखरी न्युज  / काठमाडौं ।

प्रायः सबै व्यक्तिलाई ढाड दुखने समस्याले सताएको पाईन्छ । केही नभएको व्यक्तिलाई पनि एक्कासि निहुरिँदा वा केही काम गर्दा चसक्क भए जस्तो हुने र त्यसपछि ढाडको दुखाइ सुरु हुन्छ । प्राय स् ढाड दुख्ने व्यक्तिहरू सुरुको अनुभव यसरी नै सुनाउँछन् । हाम्रो जीवनशैली, उठाइ, बसाइको तरिका, कम्प्युटर चलाइ, शरीरको तौल आदि विभिन्न कारणले ढाड दुखाइमा असर पार्छ । एक्कासि ढाडको दुखाइबाट पीडित भइसकेपछि त्यो दुखाइ कहिल्यै पनि बिर्सिन सकिँंदैन । ढाडको दुखाइ एक्कासिमात्रै हुँदैन, लामो समयसम्म बिस्तारै पनि हुन्छ । यसरी अलिअलि दुख्ने ढाड दुखाइले हामीलाई पछि हुनसक्ने कठोर दुखाइको संकेत दिइरहेको हुन्छ । तर प्रायः मानिस ढाड दुख्दादुख्दै पनि हिँडिरहेका हुन्छन् र पछि अचानक थला पर्छन् ।

ढाड दुखाइको उपचार
तपाईंको डाक्टरले तपाईंलाई रगत परीक्षण, इमेजिङ परीक्षण ( अल्ट्रासाउन्ड वा एक्स- रे ) , पेटको सिटी स्क्यान, सिस्टोस्कोपी, र पिसाब विश्लेषण जस्ता केही परीक्षणहरू गर्न आवश्यक पर्न सक्छ।

चिसो र तातो सेकाइ –दुखाइको बारेमा अध्ययन गर्ने क्यानेडेली अनुसन्धानकर्ता रोनाल्ड मेजाल्क भन्छन्, ‘एक्कासि भएको ढाड दुखाइमा चिसो राख्दा केही सन्चो हुन्छ । बरफका टुक्रालाई सूती कपडामा पोको पारेर बिस्तारै दुखेको ठाउँमा सातआठ मिनेटसम्म मसाज गर्नुपर्छ । यसले मांसपेशीमा भएको तनाव केही हट्छ ।’ यो एकदुई दिन गर्न सकिन्छ । त्यसपछि तातो पानीको सेकाइ राम्रो हुन्छ । जर्जियाको एटलान्टामा फ्राइड मेडिकल क्लिनिकका अनुसन्धानकर्ता मिल्टन फ्राइडले तातो पानीको बोतलले पनि सेक्न सकिने बताएका छन् । कुनै बाक्लो सूतीको कपडालाई तातो पानीमा भिजाएर निचोरेर ढाडमा फैलाउन पनि सकिन्छ । यसो गर्दा घोप्टो परी सुत्नुपर्छ । अनि तातो रुमालको पट्टी राखेर कसैले केही बेर थिचेर राख्नाले तातोले गर्दा मांसपेशीको तनाव कम हुन्छ ।

व्यायाम
दुखाइ केही कम भएपछि साधारण व्यायाम गर्नु उचित हुन्छ । जस्तो, कुनै ठाउँमा बसेर घुँडालाई आफूतिर खुम्च्याउने र पुनः तान्ने । यस्तो गर्दा मासंपेशीका तनाव कम हुन जाने प्रक्रिया छिटो हुन्छ । तर यो व्यायाम दैनिक रूपमा गर्नुपर्छ । ढाड दुख्नबाट बच्न दैनिक जीवनमा गरिने केही साधारण व्यायामहरू उपयुक्त हुन्छन् ।

औषधि
दुखाइ कम गर्ने औषधिहरू प्रयोग गर्दा दुखाइ कम हुनुको साथै सुन्निने प्रक्रिया पनि कम हुन्छ । यसले दुखाइ छिटो ठिक हुन्छ । तर, यस्ता औषधि प्रयोग गर्दा पेटमा घाउ भएका व्यक्तिहरूले डाक्टरको सल्लाहअनुसार औषधि लिनु राम्रो हुन्छ । दुखाइ कम गर्ने धेरै जसो औषधि प्रायः खाना खाएपछि खानुपर्ने हुन्छ ।