
सुनाखरी न्युज/ काठमाडौं ।
चिनियाँ कम्युनिष्ट पार्टी ( सिपिसी ) को उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउँदैछ छ । नेपाल ९ मामिला प्रमुख झेङ युहा नेतृत्वको टोली तीन दिनसम्म नेपालमा रहनेछ ।
टोलीले नेपालमा रहेका राजनीतिक शक्ति र छिमेकी देशसँगको सम्बन्धको अध्ययन गर्दै सौहार्दपूर्ण भेटघाट गर्ने कार्यक्रम तय गरेको छ । बदलिँदो भूराजनीति र अस्थिर राजनीतिक परिस्थितिका बीच यो भ्रमणको विशेष महत्व छ । टोली ३ दिनसम्म नेपालमा रहने चिनियाँ दूतावासस्रोतले कनेको छ ।
टोलीले छिमेकी देशसँग बढ्दै गइरहेको अविश्वासको समग्र अध्ययन र नेपालमा रहेका राजनीतिक शक्तिहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।