२०८२ फाल्गुन २२ , शुक्रवार

विषादीयुक्त फलफूल र तरकारीबाट कसरी बच्ने ?

vegetable

सुनाखरी न्युज/ काठमाडौं ।

फलफूल तथा तरकारीमा विषादी सजिलै छुट्याउन त गाह्रो हुन्छ । यसको मापन गर्न यन्त्र उपकरणको आवश्यकता पर्छ। तर पनि तरकारी तथा फलफूल किन्दा केही सावधानी अपनाएको खण्डमा विषादीबाट बच्न सकिन्छ ।

तरकारी तथा फलफूल किन्दा ध्यान दिनुपर्ने कुराहरु – : 

– तरकारी तथा फलफूल हेर्दा एकदमै चिल्लो देखिन्छ, त्यस्ता तरकारी तथा फलफूल सकेसम्म नकिन्ने

– खोट नभएको भन्दा पनि कतै खोट भएको किन्ने, ओइलिएको जस्तो या किरा फट्याङग्राले खाएको जस्तो किन्ने, सागपातमा प्वाल परेको जस्तो किन्ने।

विषादीयुक्त तरकारी तथा फलफूलले तत्काल गर्ने असर – : 

एलर्जी हुने, वाकवाकी र रिँगटा लाग्ने, खान मन नलाग्ने र ज्वरो आउने तथा पूरै शरीरमा डाबर देखिने।

दीर्घकालीन असरः

बाँझोपनको समस्या देखा पर्ने, फोक्सो, मुटु, मृगौला तथा दिमागमा असर गर्ने, सुगर तथा प्रेसरको रोग निम्त्याउने, क्यान्सरको सम्भावना बढी हुने, गर्भवती महिलामा समस्या ल्याउने र बालबालिका अपाङ्ग वा सुस्त मनस्थितिका शिशु जन्मिने खतरा बढ्ने।

विषादीबाट बच्ने उपायः

अर्गानिक र ताजा फलफूल र तरकारी किन्नुपर्छ। सकभर मौसमअनुसार फलफूल र तरकारीको मात्र सेवन गर्नुपर्छ र विषादीजन्य खाद्यान्नलाई बहिष्कार गर्नुपर्छ।

तरकारी कसरी सफा गर्ने  ? 
महर्जनका अनुसार तरकारीलाई भाँडोमा डुबाएर धुनुभन्दा धारा वा बग्दो पानीमा राम्रोसँग सफा गर्नुपर्छ । त्यसरी सफा गर्दा पाराथाइराइड विषादीको मात्रा केही कम हुन्छ । ब्याक्टेरिया र फोहोरसमेत पखालिएर जान्छ । त्यस्तै, नुन वा खाने सोडा सफा पानीमा मिसाएर १० देखि १५ मिनेट डुबाउँदा पनि विषादीको मात्रा केही घट्छ । महर्जनले भनेजस्तै कृषि विकास निर्देशनालयले सार्वजनिक गरेको विषादीबाट बच्ने उपायमा पनि सोही कुरा उल्लेख छ । आधा कप भिनेगर २ कप पानीमा १० देखि १५ मिनेट डुबाउँदा पनि विषादीको मात्रा घट्छ ।