२०८२ फाल्गुन २२ , शुक्रवार

सुनचाँदीको मुल्यमा निरन्तर नयाँ रेकर्ड, कतिमा हुँदैछ आज कारोबार ?

12-gold

सुनाखरी न्युज/ काठमाडौं ।

सुनको भाउमा मंगलबार पनि  नयाँ रेकर्ड बन्ने क्रम जारी रह्यो ।

अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ तोकेको छ ।

 

अघिल्लो दिन २ लाख ८२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको भाउले नयाँ रेकर्ड बनाइरहेको छ ।

त्यस्तै चाँदीको भाउ प्रतितोला ७० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ८१० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ८८० रुपैयाँ पुगेको छ ।