२०८२ फाल्गुन २२ , शुक्रवार

आईपीओ निष्काशन गर्दै भुजुङ्ग हाइड्रोपावर

IPO

सुनाखरी न्युज/ काठमाडौं ।

भुजुङ्ग हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर ९आईपीओ० निष्कासन गर्ने भएको छ । कम्पनीले माघ १२ गतेदेखि सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेको हो ।कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ ।

यसअघि १० लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय, १ लाख कित्ता सेयर श्रम स्वीकृत लिएर विदेशमा गएका नेपालीका लागि निष्कासन गरेको छ ।कम्पनीले कर्मचारीका लागि २० हजार कित्ता, सामूहिक लगानी कोषका लागि ५० हजार कित्ता सेयर छुट्याएको छ । प्रतिकित्ता सय रुपैयाँका दरले ८ करोड ३० लाख रुपैयाँको ८ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको छ ।

आईपीओमा न्यूनतम १० देखि अधिकतममा ५० हजार कित्ता सम्म आवेदन दिन सकिने छ । आईपीओमा माघ १५ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा माघ २६ गतेसम्म आवेदन दिन सकिने छ । यसको सेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ ।