२०८२ फाल्गुन २२ , शुक्रवार

अमेरिकाले रोक्यो नेपालसहित ७५ देशको आप्रवासी भिसा, विद्यार्थी र पर्यटक भिसा के हुन्छ ?

USA

सुनाखरी न्युज/ काठमाडौ।

अमेरिकाले नेपालसहित ७५ देशका नागरिकहरूको आप्रवासी भिसा (९ग्रिन कार्ड) प्रक्रिया अनिश्चितकालका लागि रोक्का गरेको छ ।

विदेश मन्त्रालयले ‘पब्लिक चार्ज’ अर्थात राज्यको स्रोत साधनमाथि भार पर्न सक्ने जोखिमलाई मुख्य कारण देखाउँदै यो निर्णय गरेको हो ।

सन् २०२६ जनवरी १४ मा गरिएको घोषणा अनुसार यो प्रतिबन्ध जनवरी २१ देखि लागू हुनेछ । यस कदमले एशिया, अफ्रिका, मध्यपूर्व र ल्याटिन अमेरिकाका धेरै राष्ट्रहरूलाई प्रभाव पार्नेछ ।

यद्यपि विद्यार्थी र पर्यटक भिसामा भने तत्काल रोक लगाइएको छैन ।