
सुनाखरी न्युज/ काठमाडौं ।
नेप्से परिसूचक बुधबार झिनो अंकले बढेको छ।
नेप्से १.५२ अंकले बढेर २६४१.४३ विन्दुमा बन्द भएको हो।
नेप्से परिसूचक बढे पनि बुधबार कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
अघिल्लो कारोबार दिन ६ अर्ब ९९ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यसदिन उक्त रकम घटेर ६ अर्ब २० करोड रूपैयाँमा सीमित भएको छ।
यसदिन ३२० वटा धितोपत्रको एक करोड २५ लाख चार हजार ९७० कित्ता सेयर किनबेच भएको हो।
बुधबार १२५ कम्पनीको सेयरमूल्य बढेको छ भने १२४ वटाको घटेको छ। यस्तै, ११ कम्पनी स्थिर छन्।