२०८२ फाल्गुन २२ , शुक्रवार

सुनचाँदीको मूल्यमा दिनदिनै रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?

12-gold

सुनाखरी न्युज/ काठमाडौं ।

सुनचाँदीले विगत केही दिनदेखि नै  नयाँ मूल्य रेकर्ड बनाइरहेको छ । यसै क्रममा बुधबार पनि सुन र चाँदीको मूल्यले अघिल्लो दिनको रेकर्ड तोडेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ७८ हजार रुपैयाँ तोकेको छ । सुनको भाउ बुधबार  प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको छ ।

 

अघिल्लो दिन २ लाख ७६ हजार ५ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ उच्च दरले बढेको छ । एकैदिन तोलामा ३१५ रुपैयाँले चाँदीको भाउ बढेको हो । महासंघले यस दिनका लागि चाँदी प्रतितोला ५ हजार ६५५ रुपैयाँ तोकेको छ । अघिल्लो दिन ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।