
सुनाखरी न्युज / काठमाडौं ।
आजको राशिफल
मेष ( चू,चे,चो,ला,लि,लू,ले,लो,अ) गरगहना, पहिरन, कस्मेटिक तथा खाद्यान्नको व्यापारमा लगानी गर्नेहरूका लागी समय उत्तम रहेको छ । माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यतीत गर्दा खुसी भएको महसुस गर्नेछन् । खानपान, किनमेल तथा मनोरञ्जनमा अधिकांश समय खर्च हुनेछ ।यात्रा गर्दा वा भौतिक सम्पत्ति प्रयोग गर्दा ध्यान दिनुहोला ।
वृष ( ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बिच मायाको डोरो अझ कसिलो भएर जानेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ । पारिवारिक माहौलमा जमघट भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । परिस्थितिलाई आफ्नो पक्षमा ल्याउन सकिने हुनाले समयमा कामहरू बन्नेछन् ।
मिथुन ( का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्त तथा घर परिवारजनसँग घरायसी कुरामा मतभेद हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महसुस हुनेछ । माया प्रेममा अविश्वास बढ्न तथा मन परेको मानिससँग छुट्नु पर्दा मन खिन्न हुनेछ । तर पनि साँझपख पहिरन, खाद्यान्न, फर्निचर, भाडा वर्तनका सामानको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ ।
कर्कट ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सवारी साधनको बिक्री तथा मर्मतको व्यापारबाट मनग्गे लाभ हुनेछ भने भौतिक सम्पत्ति प्राप्तिको गतिलो योग रहेको छ । शेयर बजारमा आज गरिने लगानीबाट मनग्गे मुनाफा कमाउन सकिनेछ । साँझपख राजनीति तथा समाजसेवा समय दिनेहरूका लागी समय मध्यम रहेकोले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला समर्थन नपाइन सक्छ ।
सिंह ( मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नयाँ प्रकृतिको काम गरी मनग्गे धन तथा सम्पत्ति जोड्न सकिनेछ । गरगहना, पहिरन, खाद्यान्न र फर्निचरका सामानको व्यापार फस्टाएर जानेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नी बिच एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिनेछ । आर्थिक क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।
कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समयमा काम गर्न सकिने भए पनि नतिजाको लागि केहि समय कुर्नु नै पर्नेछ । आफन्त तथा कुटुम्बसँग अनावश्यक विषयमा विवाद हुने तथा टाढिनु पर्ने बाध्यता आउनेछ । बोल्दा ख्याल गर्नुहोला बोलीको गलत अर्थ लगाई आलोचना गर्ने सक्रिय हुनेछन् । तर पनि होटेल, पहिरन, खाद्यान्न तथा सवारी साधनको बिक्री र मर्मतबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते) नयाँ प्रविधिको प्रयोग गरी रचनात्मक कार्य गर्न सकिनेछ । राजनीति कर्मीहरूले जनताको सेवामा समय खर्चँदा सम्मान पाइनेछ । सुन्दर तथा विलासिताका सर सामान प्रयोग गरी अरूको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । लामो समयदेखि बिछोड भएका मित्रहरूसँग भेट हुनाले दिन रमाइलो गरी बिताउन सकिनेछ ।
वृश्चिक( तो,ना,नी,नू,ने,नो,या,यी,यू) झन्झटिलो यात्रा हुनेछ भने सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । काम गर्दा नीति नियमको पालना नगर्दा दण्ड तथा जरिवाना हुन सक्छ । भौतिक सम्पत्ति तथा द्रव्य हराउन सक्छ ध्यान दिनुहोला । प्रेममा अविश्वास गर्नाले टाढिनु पर्ने हुन सक्छ ।
धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सवारी साधन तथा अन्य भौतिक सम्पत्ति प्राप्तिको योग रहेको छ । सवारी साधनको बिक्री तथा मर्मतबाट मनग्गे रुपैयाँ पैसा कमाउन सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । इच्छा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरू बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ ।
मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) कर्म क्षेत्रमा राम्रो काम गरी नाम कमाउन सकिनेछ । पहिरन, सवारी साधन, फर्निचर, खाद्यान्न तथा स्वास्थ्य सामाग्रीको व्यापारबाट लाभ लिन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा इज्जत तथा प्रतिष्ठामा बृद्धि भएर जानेछ । रोजगार पाईने समय रहेको छ ।
कुम्भ ( गू,गे,गो,सा,सी,सू,से,सो,दा) स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरू सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । गोप्य सूचनाहरू बाहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला ।
मीन ( दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) काम गर्दा ख्याल गर्नु जरुरी देखिन्छ समयमा कामहरू सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ । यात्रा गर्दा वा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । साँझपख समय राम्रो रहेकोले राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइनेछ ।