२०८२ फाल्गुन २३ , शनिवार

दीप प्रज्ज्वलनसँगै विरुवामा पानी हालेर गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन

_DG_1806

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन उद्घाटन गरेका छन् । थापा र शर्माले दीप प्रज्ज्वलनसँगै विरुवामा पानी हालेर दोस्रो विशेष महाधिवेशनको उद्घाटन गरेका हुन् ।

विधानको धारा १७(२) अनुसार  पार्टीका ५४ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेका थिए । तर, पार्टी संस्थापन समूहले त्यसलाई विधानसम्मत नभएको भन्दै टारिरहेको बेलामा महामन्त्रीद्वयले आह्वान गरेका हुन् ।

 

सोहीअनुसार विशेषको पक्षमा लागेका महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ आएका छन् ।
रासस