२०८२ फाल्गुन २२ , शुक्रवार

अभिनेत्री सन्नी लियोनी काठमाडौंमा

Sunny_Leone_5_u8MlPV8FZx

सुनाखरी न्युज/ काठमाडौं ।

बलिउड अभिनेत्री सन्नी लियोनी शनिबार काठमाडौं आइपुगेकी छन् । होटल बाराहीले सञ्चालनमा ल्याएको बादशाह क्यासिनोमा प्रस्तुति दिन उनी नेपाल आएकी हुन् । यो उनको चौंथो नेपाल भ्रमण हो । उनी चढेको इन्डिगो एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपरान्ह १ : ३० बजे अवतरण भएको थियो ।

विमानस्थलमा मिडियासँग संक्षिप्त कुरा गर्दै लियोनीले नेपालको प्राकृतिक सौन्दर्यले मोहित हुने गरेको बताउँदै समय मिलाएर परिवारसहित घुम्न आउने प्रतिक्रिया दिइन् । सो क्यासिनोले बिहिबार बलिउड अभिनेता सञ्जय दत्तलाई नेपाल ल्याएको थियो । सो क्यासिनोले बिहिबार बलिउड अभिनेता सञ्जय दत्तलाई नेपाल ल्याएको थियो ।

क्यासिनो उद्घाटन, पशुपतिनाथ दर्शन, नेकपा संयोजक पुष्पकमल दाहाल र नेपाली कलाकारसँगको भेटसहितको ब्यस्ततापछि दत्त नीजि विमानमा शुक्रबार नयाँ दिल्ली फर्किएका छन् । कामको कुरा गर्दा, लियोनी चर्चित भारतीय टिभी रियालिटी शो ‘स्पिल्ट्सभिल्ला’ को पाँचौ सिजनको होस्टिङमा ब्यस्त छिन् । अनुराग कश्यपसँगको पछिल्लो फिल्म ‘केनेडी’ ले चर्चा बटुलेको थियो ।