२०८२ फाल्गुन २२ , शुक्रवार

वाटर इनर्जी सोलुसनले आईपीओ जारी गर्ने

Photo-1

सुनाखरी न्युज/ काठमाडौं ।

वाटर इनर्जी सोलुसन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन ( आईपीओ )  जारी गर्ने भएको छ । कम्पनीले साधारण शेयर सर्वसाधारणमा निष्काशन प्रकृयाका लागि हिमालयन क्यापिटल लिमिटेड लाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गरेको छ ।

सो सम्बन्धमा वाटर इनर्जी सोलुसन लिमिटेड र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड बीच बिहीबार सम्झौता सम्पन्न भएको छ । कम्पनीले इलाम जिल्लामा ८. ३ मेगावाट क्षमताको अप्पर देउमाइ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।