२०८२ फाल्गुन २२ , शुक्रवार

सातामा २८ अर्ब ६९ करोड रुपैयाँको सेयर किनबेच, कसको कारोबार कति ?

nepse

सुनाखरी न्युज/ काठमाडौं ।

यो साता झण्डै एक खर्ब रुपैयाँबराबरको सेयर किनबेच भएको छ । नयाँ सरकार गठन र नयाँ मौद्रिक नीति आएसँगै उकालो लागेको सेयर बजार दैनिकजसो बढिरहेको छ । यो साता तीन सय ३५ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुसार तीन लाख ९४ हजार सात सय ८९ पटकको कारोबारमा पाँच करोड ८६ लाख ३० हजार सात सय ९५ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम २८ अर्ब ६९ करोड ७८ लाख ७४ हजार सात सय ७४ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा आठ अर्ब रुपैंयाँले बढी हो । गत साता धितोपत्र बजारमा तीन सय ४२ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए ।

जसअनुुसार दुई लाख ८७ हजार एक सय ८७ पटकको कारोबारमा चार करोड ५६ लाख पाँच हजार ११ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम २० अर्ब १५ करोड ४९ लाख ११ हजार छ सय १८ रुपैयाँ पुगेको थियो ।यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नै खुलेको थियो । जसमध्ये पहिलो र चौथो दिन ओरालो लागेको नेप्से परिसुचक बाँकी तीन कार्य दिन लगातार उकालो लागेको थियो । दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो कारोबार दिन आईतबार नेप्से परिसुचक १० दशमलव २९ अंकले ओरालो लागेर दुई हजार छ सय १० दशमलव ६३ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २२ अंकले ओरालो लागेर चार सय ५१ दशमलव सात बिन्दुमा झरेको थियो ।

दोस्रो दिन भने नेप्से परिसुचक २८ दशमलव ७३ अंकले उकालो लागेर दुई हजार छ सय ३९ दशमलव ३७ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ८४ अंकले उकालो लागेर चार सय ५४ दशमलव ९२ बिन्दुमा चढेको थियो । तेस्रो दिन पनि नेप्से परिसुचक नौंं दशमलव ९३ अंकले उकालो लागेर दुई हजार छ सय ४९ दशमलव ३० बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३१ अंकले उकालो लागेर चार सय ५७ दशमलव २३ बिन्दुमा चढेको थियो ।

चौंथो दिन भने नेप्से परिसुचक १३ दशमलव ३५ अंकले ओरालो लागेर दुई हजार छ सय ३५ दशमलव ९४ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव २२ अंकले ओरालो लागेर चार सय ५५ दशमलव शुन्य एक बिन्दुमा झरेको थियो । पाँचौं कारोबार दिन नेप्से परिसुचक चार दशमलव ५९ अंकले उकालो लागेर दुई हजार छ सय ४० दशमलव ५४ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ९२ अंकले उकालो लागेर चार सय ५५ दशमलव ९३ बिन्दुमा चढेको थियो ।