२०८२ फाल्गुन २३ , शनिवार

कुलमानले सम्हालेका मन्त्रालयको कार्यभार तीन मन्त्रीलाई

Sushila-Karki-_8wVG6o5YPK_pmf0q0deshbiydvn6p79bwxfsi20uofilajbhyyeo5d5e4wgygnsjsqcvx8e_Q6KueAgdfR_zpip5vqnmgecjet1hhbwdxedaeot93tdt76l53urczvrbh1wjz0h0wh3j3ur

सुनाखरी न्युज/ काठमाडौं ।

कुलमान घिसिङले बुधबार मन्त्री पदबाट राजीनामा दिएपछि उनले सम्हाल्दै आएको मन्त्रालयको कार्यभार तीनजना मन्त्रीले सम्हाल्ने गरी तोकिएको छ । घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए । तर, उनले बुधबार पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले घिसिङले सम्हालेका मन्त्रालयको कार्यभार तीन मन्त्रीलाई सम्हाल्ने गरी तोकेका छन् ।

ऊर्जा मन्त्रालयको कार्यभार अनिलकुमार सिन्हालाई तोकिएको छ । मन्त्री सिन्हाले यसअघि पनि उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन न्याय तथा संसदीय मामिला र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्यभार सम्हालेका छन् ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यभार वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंलाई तोकिएको छ । यस्तै सहरी विकास मन्त्रालयको कार्यभार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्नामले सम्हाल्नेलाई तोकिएको छ ।