२०८२ फाल्गुन २३ , शनिवार

‘ईपीएस’ परीक्षा पास गरेकाका पक्षमा सरकारका तीन महत्वपूर्ण निर्णय

shram-mantralaya2026-01-08-12-01-06

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले दक्षिण कोरिया जाने प्रयोजनका लागि रोजगार अनुमति प्रणाली ( इपिएस)  परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका तर, विभिन्न कारणले हालसम्म अवसर नपाएका व्यक्तिको पक्षमा तीन वटा निर्णय गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार हालको रोस्टर अवधि सीमित हुँदा ईपीएस परीक्षा उत्तीर्ण धेरै उम्मेदवार अवसरबाट वञ्चित भएको भन्दै रोस्टरको मान्य अवधि थप गर्न कोरिया सरकारसँग कूटनीतिक पहल गर्ने निर्णय गरिएको छ।

त्यसैगरी ईपीएस प्रणाली अन्तर्गत कोरिया जाने रोस्टरमा रहेका व्यक्तिका मागलगायत ईपीएस प्रणाली अन्तर्गत नेपाली कामदारको कोरिया जाने कोटा वृद्धि गर्ने विषयमा आवश्यक कूटनीतिक पहल गर्ने र इपिएस प्रणालीमार्फत कोरिया जाने रोस्टरमा रहेका व्यक्तिको व्यक्तिगत विवरण रोजगारदातासमक्ष पठाउने प्रक्रिया लगायतका विषयको पारदर्शीता र निष्पक्षता कायम गर्न आवश्यक सुझावसहित सिफारिस गर्न कार्यदल गठन गर्ने समेत निर्णय गरेको हो ।

यही पुस १८ गतेको मन्त्रिस्तरीय निर्णयलाई कार्यान्व्यनमा लैजान पहल भइरहेको श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले बताए ।