२०८२ फाल्गुन २३ , शनिवार

विशेष महाधिवेशनका लागि होटलका १५ सय कोठा बुक

hotel-1

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि काठमाडौँमा होटल बुक गरिएको छ ।आवास तथा भोजन समितिका संयोजक रमेश धमलाका अनुसार विशेष महाधिवेशनमा आउने प्रतिनिधिका लागि एक हजार ५०० कोठा बूक गरिएको हो ।

आगामी पुस २७ र २८ गते काठमाडौंमा गर्ने गरी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका छन् ।महाधिवेशनका लागि देशभरबाट आउने प्रतिनिधिहरुलाई बसोबासका लागि काठमाडौंका विभिन्न स्थानमा होटलको व्यवस्थापन गरिएको छ ।

आवास तथा खाना व्यवस्थापन उपसमितिका संयोजक रमेश धमलाका अनुसार महाधिवेशनका लागि होटलका १५ सयवटा कोठा बूक गरिएको हो ।सुन्धरा, ठमेल, सिनामंगल, एयरपोर्ट लगायतका क्षेत्रका होटल २६ गते रातिदेखि कायम रहने गरी बूक गरिएको हो ।त्यसो त काठमाडौंमा कोठा, घर र आफन्त हुनेहरुलाई आफ्नो व्यवस्थापन गर्न समेत भनिएको छ ।