
सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीप्रति पार्टीभित्र र बाहिर आलोचना भएपछि उम्मेदवारहरूले नाम फिर्ता लिने क्रम बढेको छ ।सामाजिक सञ्जालमार्फत उनीहरूले नाम फिर्ता लिएका घोषणा गरेका हुन् ।
अहिलेसम्म १५ जनाले नाम फिर्ता लिएको विषयमा पार्टीलाई जानकारी गराएको स्रोतले बतायो । स्रोतका अनुसार आदिवासी जनजाति क्लस्टरबाट मिलन लिम्बू, टासी लाक्पा शेर्पा, धर्मलाल तामाङ, सुदेश गुरुङ र महिलामा त्रिसला गुरुङ रहेका छन् ।
यसैगरी खस आर्यतर्फ सचिन ढकाल, अरनिको कुमार पाँडे, गोविन्द नारायण, जनक न्यौपाने र महिलातर्फ सिर्जना ओली रहेका छन् । दलिततर्फ डा।रामजी राम, साजन विक, किशोर गन्धर्व रहेका छन् । र, मुस्लिमबाट आसिफ शाह, मोहना अन्सारी रहेका छन् । बाहिर नाम फिर्ता लिएको घोषणा भए पनि निर्वाचन आयोगमा लिखित निवेदन दिनुपर्नेछ ।
त्यसका लागि कुन क्लस्टरमा क–कसले नाम फिर्ता लिने हो । उसले प्रक्रिया पुर्याएर आएको खण्डमा संशोधन हुनसक्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । भट्टराईका अनुसार नाम फिर्ता लिन चाहने व्यक्तिले पुस २८ गते निवेदन दिनुपर्नेछ ।