
सुनाखरी न्युज/ काठमाडौँ ।
नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलाको २ हजार रुपैयाँले घटेर २ लाख ६५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन बुधवार सुन तोलाको २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन बुधवार तोलाको ४ हजार ९३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर ४ हजार ८३५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।