
सुनाखरी न्युज/ काठमाडौँ ।
भारतमा जस्तै नेपालमा पनि भारतीय चलचित्र ‘धुरन्धर’ले राम्रो व्यापार गरेको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको १९ पुससम्मको सिनेमा : बक्स अफिस रिपोटमा ‘धुरन्धर’ को आम्दानी ९ करोड ७७ लाख, ७७ हजार ६८५ नेरु ग्रस कमाएको उल्लेख छ । नेपालमा फिल्मको टिकट भने २ लाख ९७ हजार ९०७ वटा बिक्री भएको छ ।
फिल्मले बलिउडमा पनि कमाइमा सुनामी ल्याउँदै एकपछि अर्को ठुला रेकर्ड तोडेको छ । फिल्म डिसेम्बर ५ मा रिलिज भएको हो । आदित्य धरद्वारा निर्देशित ‘धुरन्धर’ एक स्पाई–थ्रिलर फिल्म हो । जुन सत्य घटनामा आधारित भनिएको छ ।
पछिल्लो एक महिना यताबाट नेपाली चलचित्रको व्यापार खस्केको छ । १० दिन अघि रिलिज भएको अर्जुन घिमिरे ९पाँडे०को चलचित्र ‘झरी पछिको इन्द्रेणी’ले शनिवार रातीसम्म ८ दिनमा नेपालमा जम्मा ६२ लाख ६४ हजार रुपैयाँको मात्र व्यापार गरेको छ । एक साताको यो व्यापार निकै कम हो । बरु आठौँ हप्तामा पनि प्रदर्शन भइरहेको दीपक प्रसाद आचार्यको चलचित्र ‘परान’ले शनिवार रातीसम्म नेपालमा १७ करोड ६७ लाख ३६ हजार रुपैयाँको व्यापार गरेको छ ।