
सुनाखरी न्युज/ काठमाडौँ ।
भारतीय टेलिभिजनका चर्चित जोडी जय भानुशाली र माही विजले आफ्नो वैवाहिक सम्बन्धलाई पूर्णविराम दिने निर्णय गरेका छन्। लामो समयदेखि सँगै रहँदै आएका उनीहरूले सामाजिक सञ्जालमार्फत आधिकारिक बयान जारी गर्दै आफूहरू अलग हुन लागेको जानकारी गराएका हुन्।
आइतबार इन्स्टाग्राममा एक साझा पोस्ट साझा गर्दै उनीहरूले अबका दिनमा जीवनको बाटो फरक हुने बताए।उनीहरूले जारी गरेको बयानमा भनिएको छ, ‘आज हामी जिन्दगीको यात्रामा फरक बाटो रोज्दैछौँ, तर हामी एक-अर्काको साथ दिन भने जारी राख्नेछौँ। शान्ति, अगाडि बढ्ने चाहना र मानवता सधैँ हाम्रो सोचको हिस्सा रहनेछ।’
आफ्नो व्यक्तिगत सम्बन्ध अन्त्य भए पनि सन्तानप्रतिको जिम्मेवारीमा कुनै कमी आउन नदिने उनीहरूको प्रतिबद्धता छ। तारा, खुसी र राजवीरका लागि आफूहरू सधैँ असल आमाबुबा र साथीका रूपमा रहने उनीहरूले स्पष्ट पारेका छन्।