२०८२ फाल्गुन २३ , शनिवार

सिर्जना सिज्जुले लिइन् रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता

srijana-0712026054837-1000×0-1767766891

 

सुनाखरी न्युज / काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा)को समानुपातिक सूचीमा रहेकी सिर्जना सिज्जु ( सिर्जना वली ) ले पनि सूचीबाट आफ्नो नाम फिर्ता लिएकी छन् । सिर्जनाले आफ्नो फेसबुक पेजमार्फत सूचीबाट नाम फिर्ता लिइसकेको जनाएकी छन् ।

उनले लेखेकी छन्, ‘कुनै पार्टीलाई योगदान दिएको कारण होइन, देशलाई पर्यटन क्षेत्रमा थोरै भए पनि योगदान गरेको कारण मेरो नाम टिम बालेन बाट रास्वपामा सिफारिस भएको हो। यही कुरा टिमका सदस्यहरूले पनि भन्नुभएको थियो। यसका लागि म आभारी छु। नयाँ आउने सबैलाई शुभकामना।

तर मैले मेरो नाम फिर्ता लिइसकेकी छु। यात्रामा भएकाले र प्राविधिक समस्याले गर्दा जानकारी दिन केही दिन ढिला भयो। हामी राजनीति बाहिर बसेर पनि आफ्नो दक्षता अनुसार सधैँ काम गर्न तयार छौँ।’