२०८२ फाल्गुन २३ , शनिवार

भारत भ्रमणपछि प्रचण्ड आन्तरिक छलफलमा व्यस्त

prachanda-puspakamal-800×445

सुनाखरी न्युज / काठमाडौं ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणबाट फर्किएलगत्तै आन्तरिक छलफलमा व्यस्त भएका छन् ।
दिल्लीमा आइतबार एकता सन्देश सभा सम्बोधन गरेका प्रचण्ड सोमबार राति स्वदेश फर्किएका थिए। दिल्ली बसाइको क्रममा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटवार्ता भएको थियो।

प्रचण्ड आज बिहानैदेखि पार्टीका नेताहरुसँग राष्ट्रिय सभाको निर्वाचन लगायतका विषयमा छलफलमा व्यस्त रहेको उनको सचिवालयले जनाएको छ । स्रोतका अनुसार यसक्रममा अन्य दलका नेताहरुसँग समेत छलफल हुन सक्ने सम्भावना छ।हिजो काठमाडौं फर्किएका प्रचण्ड आज बिहानैदेखि पार्टीका नेताहरुसँग छलफललमा रहेको उनको सचिवालयले जनाएको छ । ‘राष्ट्रिय सभाको निर्वाचन लगायतका विषयमा आन्तरिक छलफलमा व्यस्त हुनुहुन्छ,’ सचिवालय स्रोतले भन्यो । यसक्रममा अन्य दलका नेताहरुसँग पनि प्रचण्डको छलफल हुनसक्ने स्रोत बताउँछ ।

खासगरी तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच राष्ट्रिय सभामा तालमेल गर्ने तयारी छ । त्यस विषयमा शीर्ष तहमा भेटघाट र छलफल हुँदै आएको छ । स्रोत भन्छ९ एमालेलाई ७र७ र नेपाली कम्युनिष्ट पार्टीलाई ४ सिट प्राप्त हुने गरी राष्ट्रिय सभामा सिट बाँडफाँट गर्ने मोडेलमा अनौपचारिक छलफल जारी छ । तर, प्रचण्डले मधेश प्रदेशमा रहेका केही साना दललाई समेत समेट्ने गरी मतभारका आधारमा सिट बाँडफाँटको प्रस्ताव राखेका छन् ।