२०८२ फाल्गुन २३ , शनिवार

उपत्यकाका तीन मालपोत प्रमुखको सरुवा

malpot-karyalaya-1536×733

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं उपत्यकाका तीन मालपोत कार्यालयका प्रमुख फेरिएका छन् । सरकारले ललितपुर मालपोत कार्यालयका प्रमुख अशोककुमार भट्टराई, भक्तपुरका माधव घिमिरे र काठमाडौंको चाबहिलका दीपेन्द्र खत्रीलाई सरुवा गर्दै सामान्य प्रशासन मन्त्रालयमा तानेको हो ।मालपोत कार्यालय ललितपुरमा उपसचिव अशोक भट्टराई, भक्तपुरमा माधव घिमिरे र कलंकीमा रविन ढकालको सरुवा गरिएको छ ।

उनीहरूलाई ती कार्यालयमा सरुवा गराउन एक बिचौलिया सक्रिय थिए । तिनै व्यक्तिको प्रस्तावअनुसार मन्त्री अधिकारीले मालपोत प्रमुखको सरुवा गरेको मन्त्रालय स्रोत बताउँछ ।सरकारले उनीहरुलाई सामान्य प्रशासन मन्त्रालयमा तानेको छ ।

भूमि, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा.डा. कुमार इङनामले केही समयअघि छड्के अनुगमन गरेका थिए । त्यसक्रममा कार्यालय प्रमुखहरुले बिचौलियाहरुसँग साँठगाँठ गरेको आरोप लगाउँदै हटाएका हुन् ।