२०८२ फाल्गुन २३ , शनिवार

प्रधानमन्त्रीका श्रीमान् सुवेदीलाई थप उपचारका लागि भारत लैजाने तयारी

Durga-Subedi

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा प्रसाद सुवेदी स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन्। स्वास्थ्यमा विभिन्न जटिलता देखिएपछि उनलाई बिहीबार अस्पताल पुर्‍याइएको हो।

सुवेदीमा पिसाबको संक्रमण र शरीरमा नुनको मात्रा कम हुने ( सोडियम लेभल घट्ने) जस्ता समस्या देखिएका छन्। उपचारमा संलग्न एक चिकित्सकका अनुसार उनलाई रिंगटा लाग्ने समस्या पनि देखिएको छ। यसअघि प्रोस्टेटको शल्यक्रिया गराएका सुवेदीमा अहिले पुनः संक्रमणका कारण स्वास्थ्यमा समस्या आएको बताइएको छ।

हाल उनलाई अस्पतालको क्याबिनमा राखेर विशेषज्ञ चिकित्सकहरूको टोलीले उपचार गरिरहेको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत उनलाई थप उपचारका लागि आजै भारत लान लागिएको हो । उनलाई भारतको दिल्ली लान लागिएको स्रोतले बताएको छ । यद्यपि दिल्लीको कुन अस्पतालमा उपचार गराउने भन्नेबारे खुलाइएको छैन ।